एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : ई न्युज अफ नेशन अनलाईनका सम्पादक धनुषाको महेन्द्रनगर निवासी पत्रकार रोहित खनाल उपर भएको दुव्र्यवहारको घटना छानविन गरि दाषि लाई कारवाहि गर्न विभिन्न संघ संस्थाहरुले मांग गरेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा र मधेश सरकारको आम सञ्चार प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खनाल सुरक्षा दिने प्रहरीवाटै असुरक्षित र दुव्र्यवहार भोग्नु परेको घटना दुःखद रहेको बताएको छ । महासंघका सचिव बटुकनाथ झा र प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषि उपर कारवाहीको मांग गरेको हो ।
खेतीवारी विवादका कारण माघ १३ गते आफु र आफना परिवार प्रति भौतीक आक्रमणको धम्की आएपछि सुरक्षाका लागि जानकारी दिन महेन्द्रनगर स्थित ईलाका प्रहरी कार्यालय पुगेका पत्रकार खनाललाई चौकीमा कार्यरत हबल्दार विरेन्द्र यादवले उल्टै गालीगलौज तथा दुव्र्यवहार गरेको आरोप खनालको छ ।
