एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : जानकी सेनाले गत जनवरी २२ तारिख श्री राम मन्दिर समुदघाटनका दिन आयोजना गरेको दीपोत्सव कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । गत जनवरी २२ तारिखका दिन भारतको आयोध्यास्थित नवनीर्मित मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको अवसर पारेर जानकी सेनाले दीपोत्सव कार्यक्रमको आयोजना गरेको थियो ।
दीपोत्सव कार्यक्रममा सवा लाखभन्दा बढी दीप बालिएको थियो । समाजकै सहयोगबाट यो कार्यक्रम सफल पारिएकाले यो कार्यक्रम आयोजना गर्न गरिएको खर्च तथा आय सार्वजनिक गरिएको जानकी सेनाका प्रवक्ता आशुतोष झाले जानकारी दिए । उनले यो कार्यक्रम आयोजनाका लागि समाजबाट ३ लाख ५ हजार ६ सय ७६ रुपैयाँ संकलन गरिएको जसमध्ये २ लाख ४३ हजार ३ सय ५४ रुपैयाँ खर्च भएको जानकारी दिए ।
बाँकी रहेको रकम ६२ हजार ३ सय २२ रुपैयाँ जानकी सेनाको कोषमा जम्मा गरिएको बताए । त्यस्तै दीपोत्सव कार्यक्रमका लागि २ हजार ५१ लिटर तेल सहयोग वापत प्राप्त भएकोमा १ हजार १ सय ४१ लिटर तेल खपत भएको झाले बताए । बाँकी रहेको ९ सय १० लिटर तेलको व्यवस्थापन गर्ने तयारी भईरहेको जानकी सेनाले जनाएको छ ।