एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ३० :

लक्ष्मीनिया गाउँपालिकाको रमदैयामा रहेको जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल पुरानै अवस्थामा फर्काउने पहल शुरु गरेको छ । केही वर्षदेखि धाराशायी अवस्थामा पुगेको कलेजको पुरानो साखलाई फर्काउने पहल थालिएको हो ।
मेडिकल कलेजमा सवै प्रकारको विषेशज्ञ सेवा प्रदान गर्ने काम भईरहेको मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डा. धर्मदत्त सुवेदीले जानकारी दिए । वर्षको अन्तरंग तथा वहिरंग सेवा गरेर १ लाखलाई स्वास्थ्य उपचार सेवा दिने गरेको मेसु डा. सुवेदीले पत्रकार सम्मेलनमा बताए । यसका साथै दैनिक रुपमा ३ सय देखि ४ सय जनाले स्वास्थ्य सेवा लिन थालेको उनले बताए ।
यसका साथै महिनाको २ देखि ३ वटासम्म मेडिकल क्याम्पको पनि आयोजना गर्ने गरेको मेडिकल कलेजले जनाएको छ ।
यता मेडिकल कलेजमा सवै प्रकारको स्वास्थ्य सेवालाई एक्कै ठाउँवाट प्रदान गर्नका लागि जिपी सेवालाई प्रभावकारी बनाउने गरि अगाडी बढेको मेडिकल कलेजका अध्यक्ष ओ पी पाण्डेले जानकारी दिए ।
मेडिकल कलेजमा जिपि सेवाका लागि ५ जना विज्ञ चिकित्सक रहनुका साथै ४ जना विद्यार्थी सोही विषयमा अध्ययनरत रहेको जानकारी मेडिकल कलेजले दिएको छ । कलेजमा उपचारका लागि आउने विरामीलाई सोही शाखाले नै पहिलो पटक हेर्ने र विरामीलाई विषेशज्ञ सेवा आवश्यक परेको खण्डमा मात्र अन्य शाखामा पठाउने मेडिकल कलेजले जनाएको छ ।
यसले विरामीको उपचारमा सहजता हुनुका साथै थोरै खर्च लाग्ने र रोगको पहिचान गरेर निको पार्न सजिलो हुने दावी गरिईएको छ । जिपि सेवा सवै मेडिकल तथा शिक्षण अस्पतालमा भएपनि प्रभावकारी बन्न नसकेको वेलामा जानकी मेडिकल कलेजले प्रभावकारी बनाउन थालेको छ ।
कार्यक्रममा जिपि ई एम ए एनका केन्द्रीय महासचिव डा. विश्वराज दवाडीले विकसित मुलुकहरुमा यस शाखाले उपचार गर्ने गरेको बताउदै नेपालमा ५ सय जना भएपनि अरु विदेश गएको र बाँकी ३ सय ५० जना कार्यरत रहेको बताउए ।