एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ : प्रत्येक वर्ष जस्तै विवाह पञ्चमीको अवसरमा जनकपुरधामको मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले आयोजना गर्ने फूड फेस्टिवल यस वर्ष पनि आयोजना गरिएको छ । विद्यालयको प्राङ्गणमा मधेश सरकारका पुर्व मन्त्री तथा प्रदेश सांसद राम सरोज यादव सहितकाले फेस्टिवलमा राखिएको मिथिलाका पकवान र परिकारहरुको अवलोकन गरेका थिए ।
वर्ष भरि मिथिला क्षेत्रमा मनाइने पर्व र त्यसमा पकाइने तथा राखिने पकवान परिकारहरुलाई विभिन्न समुहमा विभाजन गरि फेस्टिवलमा प्रदर्शन गरिएको छ । जसमा बिरयानी हाउस, चौठी चान किचेन हाउस, तिलकुट किचेन हाउस, मिथिला भोजन (जुइरसितल विशेष), छठ किचेन हाउस, होलिका किचेन गरि छ वटा समुहमा परिकार र पकवानहरुलाई विभाजन गरि प्रस्तुत गरिएको विद्यालयका सञ्चालक दिपक ठाकुरले बताए ।
हरेक समुहमा एक टिम लिडर, एक जना शिक्षक र टिम मेन्टर गरि प्रत्येक समुहमा कक्षा एक देखि दश सम्मका १५–२० जना सदस्यको सहभागिता रहेको थियो । सो अवसरमा उपस्थित विशिष्ठ व्यक्तिहरु मध्ये निर्णायक मण्डलको रुपमा नेता रामसरोज यादव र जिवनाथ चौधरीको निर्णय अुनसार प्रथम तिलकुट किचेन हाउस, दोस्रो मिथिला भोजन(जुइड सितल विशेष) तथा तेस्रो स्थान चौठी चान किचेन हाउस र बिरयानी हाउसले हासिल गरेको व्यहोरा घोषणा गरिएको थियो ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, मैथिली बिकास कोषका अध्यक्ष जिवनाथ चौधरी, रामानन्द युवा कल्वका निवर्तमान अध्यक्ष मनमोहन साह, नेपाली काङ्ग्रेसका युवा नेता चन्दन राय सहितको पनि उपस्थिति रहेको र वहाँहरुले पनि परिकार र पकवान बारे जानकारी लिएका थिए ।