एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ :
अगामि वर्षको मसिंर महिना सम्म महोतरीको पिपरा गाँउपालिकालाई बालबिबाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । स्थानिय राम नारायण अयोध्या मा.बि. को प्रांगनमामा भएको भेलाले यस्तो लक्ष्य लिएको हो ।पिपरा गा.पा.का अध्यक्ष राम जानकी यादवको अध्यक्षतामा भएको बालबिबाह बिरुद्धको बृहत भेलाले यस्तो लक्ष्य लिएको बताइएको छ ।

सो अवसरमा बाल विवाह मुक्त क्षेत्र घोषणा कार्यविधि २०८० को सार्बजनिकीकरण गरिनुका साथै उक्त कार्यविधिमा रहेका सुचकहरुलाई वाचन गरि सार्बजनिक गरिएको थियो । उक्त सार्बजनिकीकरणमा आफनो गा.पा.को बिबाहको तथ्यांक प्रस्तुत गर्दे अध्यक्ष यादवले यस पालिकालाई २०८१ मसिंर मसान्त सम्म बाल बिबाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

पालिकामा रहेको वडा न. ७ मा सव भन्दा कम बालबिबाहको तथ्यांक २६ प्रतिशत रहेको हुनाले वडा नं. ७ र १ लाई चाडै नै बालबिबाह मुक्त वडा घोषणा गर्ने र क्रमिक रुपमा अन्य वडाहरुलाई पनि घोषणा गर्दै अभियान सफल बनाइने उनको भनाई थियो । विभिन्न अभियान र नाराका साथ यो अभियानलाई सेभ द चिल्डे«न र रतौली युबा क्लबले गरेको कामको उनले प्रशंसा गरेका छन् ।

सो क्रममा शेभ द चिल्ड्रेनका मकर बहादुर सार्की र रतौली युबा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले समेत प्रतिवद्वता मन्तब्य राखेका थिए । भेलामा गा.पा.का उपाध्यक्ष बन्दना पाण्डे, गा.पा. को वडा अध्यक्ष मधुबेन्द्र झा, गा.पा.का महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखाकी संयोजक रचना झा सहितको उपस्थिती थियो ।