एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २३ : लैङ्गिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत धनुषाको सबैलामा पनि सचेतना मुलक प्रभातफेरी गरिएको छ । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा सबैला बजारमा प्रभातफेरीको आयोजना गरिएको छ ।
प्रभातफेरीमा सहभागि युवा, विद्यार्थी तथा स्थानियहरुले महिला हिंसा विरुद्व विभिन्न नारावाजी गरेका थिए । श्री दुर्गा माँ सामुदायिक सिकाई केन्द्र सबैलाको आयोजना र सबैला नगरपालिका सहित विभिन्न गैर सरकारी संस्थाहरुको समन्वयमा प्रभातफेरी आयोजना गरिएको केन्द्रका अध्यक्ष नथुनी यादवले बताए ।
सो अवसरमा सबैला नगरपालिकाका उपप्रमुख रहिया खातुन, ईलाका प्रहरी कार्यालय सबैलाका प्रमुख सहितको उपस्थिती रहेको थियो ।