एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २६ : वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी संघिय सरकार र प्रदेश सरकार प्रति असन्तुष्टी व्यतm गरेका छन् । साथै मेयर सरावगीले जनकपुरधामलाई राजधानी बनाएर कोरोना संक्रमित बिरगंज पठाएको प्रति समेत आपती जनाएका छन् ।
राजधानी जनकपुरधाम बनाउने प्रदेश सरकार एकजना कोरोना संक्रमितको उपचार राजधानीमा गर्न सक्ने व्यवस्थापन किन गर्न सक्दैन ? प्रश्न गर्दैै मेयर सरावगीले वीरगञ्ज सबैतिरबाट लिडरसिप लिन तयार र सक्षम रहेको बताए । राजधानी लगेर जनकपुर बनाउने अनि बिरामीलाई यहाँ पठाउने ? पहिला बीरगन्ज, राजविराज र जलेश्वरमा कोरोना अस्पताल बनाउने भनियो, तर अहिले सवै विरामीको उच्च चाँप रहने नारायणी अस्पताललाई बनाइयो । जहाँ कोरोनाभन्दा बढी अरु रोगको बिरामीहरु आउँछन् ।
तीनजनाको डायलासिस नपाएर मृत्यु भइसक्यो । कोरोनाबाट बरु अहिलेसम्म हाम्रो देशमा एउटा पनि मृत्यु भएको छैन । तर, डायलासिस नपाएर तीनजना मान्छे मरिसके । त्यसको जिम्मेवारी कसले लिने ? जसरी समन्वय हुनु पर्दथ्यो त्यो नभएको उनको भनाई छ ।
पुनः जनरल अस्पताल बनाएर जस खाने दाँउमा नेताहरु
अहिले केन्द्र सरकारसँग पहल गरेर बिरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पतालको रुपमा सञ्चालन गर्न लगाई जस खाने दाउमा नेताहरु लागिपरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालमा आफ्नो पहलमा नारायणी अस्पताललाई कोभिड २ लेभलको अस्पताल खारेज गरि पुनः जनरल अस्पताल बनाउन सफल भएको भन्दै दावी नै गरिरहेका छन् । तर बिहीबारसम्म नेताहरुले गरेको दावी अनुसार नारायणी अस्पताललाई पुन ः जनरल अस्पताल बनाउने विषयमा स्वास्थ्य मन्त्रालयले कुनै आधिकारीक पत्र नै पठाएको छैन ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले अस्पताललाई पुनः पहिलेकै जस्तो जनरल सेवा संचालन गर्ने बारे अहिलेसम्म कुनै आधिकारीक पत्र नआएको बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संविधानसभा सदस्य विचारी यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिले पत्र नपठाउन स्वास्थ्य मन्त्रीलाई नै टेलिफोन गरेर भनेकाले तयार भएको पत्र पनि रोकिएको दावी गरेका छन् ।