एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २६ : बुद्ध जयन्तीको अवसरमा जगत जननी माता जानकीको जन्म र कर्म भूमी जनकपुरधामको बिभिन्न स्थानहरुमा पिपल ४ र बरको २ वटा गरी ६ वटा विरुवा रोपिएको छ । रत्नसागर कुट्टी स्थित आमाको माया छात्रावास नजिक वर र पिपलको १÷१ वटा, अष्टाबक्रको मन्दिर नजिक १ वटा बरको विरुवा, अग्निकुण्डको डिलमा २ वटा पिपलको विरुवा र दुधमती नदी किनारमा १ वटा पिपलको विरुवा रोपिएर बुद्ध जयन्ती मनाइएको छ ।
बिभिन्न स्थानहरुमा भएको बृक्षारोपण कार्यक्रममा वडाध्यक्षहरू रमेश ठाकुर र शुभ नारायण मण्डल , आमाको माया छात्रावासको शिक्षक र बिधार्थी, दुधमती गरिमा संरक्षण समितिका पदाधिकारीहरु रतन सहनी, बिमलेश मिश्र र वडा सचिव जैसिलाल मण्डल तथा स्थानीय बासिन्दा, दशरथ नगर टोल सुधार समितीका अध्यक्ष दिपक ठाकुर, हाम्रो मार्गदर्शक तथा हरित अभियानी सुरेश शर्मा र कार्यक्रमको लागि ट्रीगार्ड समेत बिशेष सहयोग गर्ने युवा समाजसेवी दिपेन्द्र ठाकुर सहितको उपस्थिती र सहभागिता रहेको दशरथ नगर टोल सुधार समितीका अध्यक्ष दिपक ठाकुरले बताए ।