संजय कुमार साह
जनकपुरधाम, मंसिर १४ :
मधेश प्रदेशको प्रदेशसभामा रिक्त रहेको दुई वटा समितिको सभापति चयन गरिएको छ । दलीय सहमतिको आधारमा नेपाली काँग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीले ती दुई समितिका सभापति पाएका छन् ।
एक वर्ष पछि प्रदेश सभाको कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य संजय कुमार महतो र प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट रत्नेश्वरलाल गोईत सर्वसम्मतिले चयन भएका हुन् ।
सभापतिमा चयन भएका दूबैजनालाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।





