एसपी रिपोर्टर

जनकपुरधाम, कार्तिक २० :

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनामा जनता अवास कार्यक्रम अन्तर्गतको भवन शिलान्यास गरिएको छ । प्रदेश सरकारद्वारा संचालित जनता आवास कार्यक्रम अन्तर्गत चिकनामा भवनको शिलान्यास गरिएको हो ।

चिकनाको मुसहर वस्तीमा जनमत पार्टीका अध्यक्ष एवं सांसद भाग्यश्री चौधरीले संयुक्त रुपमा शिलान्यास गरे । ती घरहरु तिन महिना भित्र मुसहर परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।