एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १६ : जनकपुरधामको मोनाष्टिक आवासीय विद्यालयमा एसक्युसीमा ८ औं हब सम्मेलन सम्पन्न भएको छ । बुधबार विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै मोनाष्टिक स्कूलमा आठौं हव कन्भेन्सन गरिएको हो ।
धनुषा तथा महोत्तरीका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागि रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडि प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा आदानप्रदान गरेका हुन् ।
मोनास्टिक आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डाक्टर सोनु साहले भने“एसक्युसीमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विद्यार्थीहरुको समस्या पहिचान,कारण र समाधान आफै खोजेर प्रस्तुतीकरण गर्ने गरेका छन ।
“जापानामा विश्वयुद्धपछि त्याहाको जर्जर आर्थिक अवस्थालाई मजबुत बनाउन क्वालिटी टूल्स लागू गरियो खासगरी कलकारखानामा यसले राम्रो प्रभाव पार्यो ।कलकारखानामा लागू गरिएको क्वालिटी टूल्सले जब विकास सम्भव भयो यो देखेर भारतका प्रख्यात सिटि मन्टेसरी विद्यालयका प्रीन्सिपल जगदिस गान्धीले शिक्षामा पनि यस्तो टूल्स लागू गरेका हुन।
नेपालमा यो टूल्स काठमाडौ युनिभर्सिटीका प्रोफेसर दिनेश चापागाईले लागू गरे।यस टूल्सका कारणले विद्यार्थीहरु आफ्नो समस्याको पहिचान र समाधान दुबै आफैले गर्ने गरेको डाक्टर सोनु साहले बताए ।
क्वेस्ट नेपालका महासचिव सिंह बहादुर लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोडर्न स्कुल, जेनिथ नेशनल एकेडमी, ज्ञान मन्दिर स्कुल लगायत १३ वटा विद्यालयका कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।