एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ :
सशस्त्र प्रहरीले धनुषामा १७ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । धनुषाको मिथिला नगरपालिकास्थित बडहरी सुरक्षा वेश क्याम्पबाट खटेको टोलीले १७ लाख ३० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले १४,८०,००० मूल्य बराबरको २हजार ९सय ६० पिस मोबाईलको डिस्प्ले र २ लाख ५० हजार मूल्य बराबरको ३सय ३३ पिस कुर्ता सुरुवाल बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीकालागी राजश्व भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
