एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ : मेका ईन्जिनियरिङ समाज सबैलाको तेस्रो साधारणसभाबाट अध्यक्षमा पुनः राकेश जयसवाल सर्वसम्मत चयन भएका छन् । उनको यो लगातार दोस्रो कार्यकाल हो । सबैला नगरपालिकाको रघुनाथपुरमा आयोजित तेस्रो साधारणसभाबाट जयसवाललाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको छ ।
सो अवसरमा सबैला नगरपालिकाका मेयर कारिराम यादवले समाजको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । समाजको आफनै जग्गाको बन्दोवस्त भइसकेको जानकारी पाएपछि मेयर यादवले भवन निर्माणमा पालिकाले सहयोग गर्ने बताए ।

समाजको अन्य पदाधिकारी र सदस्यहरुको छिट्टै छनौट गरिने अध्यक्ष जयसवालले बताए । सो अवसरमा सबैला वडा नं. १ का अध्यक्ष, मिथिला साह, वडा नं. ९ का अध्यक्ष मनिष राय, वडा नं. ११ का अध्यक्ष ई सरोज यादव, वडा नं. १३ का अध्यक्ष देव नारायण महतो, ई गनेश कपडी, निवर्तमान अध्यक्ष ई राजेश यादव र समाजा संस्थापक उपाध्यक्ष ई राम ईश्वर यादव सहित ६० भन्दा बढि ईन्जिनियरहरुको उपस्थिती थियो ।





