एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ : पहिलो पटक मैथिली भाषामा निर्माण गरिएको वेब सिरिज ‘नुनरोटी’कात्र्तिक ९ गते रिजिल हुने भएको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निर्माता÷निर्देशक विकाश झाले दिएको जानकारी अनुसार रिजिलको तयारी पुरा भइसकेको छ भने कात्र्तिक ९ गते बिहीबार भारत बिहारको पटनामा प्रिमियर शो गरिने तयारी रहेको छ ।
युट्युब च्यानल मधुर मैथिली मार्फत रिलिज गरिने वेबसिरिज नुनरोटीमा मैथिली भाषाभाषीकै कलाकारहरुले अभिनय गरेका छन् । नून रोटी मैथिली वेब सीरिज बिहार र मिथिलामा व्याप्त बेरोजगारी र पलायनको समस्यालाई उजागार गरेको बताउँदै निर्देशक झाले भने ,‘ मिथिला क्षेत्रमा पर्यटन र व्यवसायिक आत्मनिर्भरताको लागि के के विकल्प हुन सक्छ सो विषयमा योजना र समाधानको प्रयास समेत गर्नेछ भन्ने मेरो विश्वास छ । ’
निर्माता टोलीकी सदस्य एवम् अभिनेत्री रोशनी झाले पहिलो पटक मैथिली भाषामा रिलिज हुन लागेको वेब सिरिज हेरेर हाम्रो उत्साह बढाई दिन आग्रह गरिन् । नून रोटी २७ अक्टूबरदेखि मधुर मैथिली को यूट्यूब चैनलमा हेर्न सकिन र बाँकी एपिसोडको लागि मैथिली युट्युब च्यानलको पेड सब्सक्रिप्सन गरी थोरै खर्र्चमा हेर्न सकिने जानकारी समेत अभिनेत्री झाले दिइन ।
मिथिला क्षेत्रमा ं व्यावसायिक पर्यटनको सम्भावनाहरुको विकास तथा नुन रोीको सुटिग मिथिलाँचलकै विभिन्न क्षेत्र दरभंगा, मधुबनी, सहरसा, सीतामढ़ी, भागलपुर, पूर्वी चंपारण, और नेपाल में वाल्मीकि आश्रमलगायतको नेपाल र भारतको मिथिलाँचलको विभिन्न क्षेत्रमा सिरिजको प्रोमोशन गरिएकोमा उनले विशेष जोड दिइन् ।
निर्माता लेखक निर्देशक विकास झा र उनकी श्रीमती रौशनी झाले सिरिजमा मुख्य भूमिका निर्वहन गरेका छन् । त्यस्तै छायांकन टीममा आनन्द सोनी, विकास झा र सम्पादन प्रक्रियासमेत निर्देशक झाकै नेतृत्वमा गरिएको उनले प्रष्ट पारिन् ।