एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ :
जनकपुरधाम उपमहानगरपालिका मेयर र उपमेयरले कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु र कर्मचारीहरुलाई टिका लगाइदिएका छन् । उपमहानगरपालिकाको प्राङ्गणमा मेयर मनोज कुमार साह र उपमेयर किशोरी साहले संयुक्त रुपमा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु र कर्मचारीहरुलाई टिका जमरा लगाइदिएर शुभकामना आदान प्रदान गरेका छन् ।

सो अवसरमा मेयर र उपमेयरले उपमहानगर र समाजको हितका लागि कार्यकाल सफलताको साथै सम्पुर्ण परिवारको हितको कामना गर्दै सबैलाई शुभकामना समेत दिएको मेयर साहले बताए । सो अवसरमा २५ वटै वडाका वडा अध्यक्ष, सदस्यहरु सहित कार्यपालिकाका सदस्य र कर्मचारीहरुको उपस्थिती थियो ।

साथै राम मन्दिर र राजदेवी मन्दिरका महन्थ राम गिरीले पनि सर्वसाधारणलाई टिका जमरा लगाइदिएर आर्शिवाद दिएका छन् ।