एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ४ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का पूर्व वडाध्यक्ष शत्रुध्न साहले बृद्धाश्रममा कपडा वितरण गरेका छन् । जसपाका नेता समेत रहेका पूर्व वडाध्यक्ष साहले रामानन्द चोकमा रहेको जानकी बृद्धाश्रममा कपडा वितरण गरेका हुन् । बृद्धाश्रममा रहेकी १८ जना बृद्ध आमाहरुलाई उनले नयाँ साडी वितरण गरेका हुन् ।
उनले हिन्दु धर्माबलम्बीहरु पर्व दशैँको समयमा सबैको ईच्छा हुन्छ नयाँ लुगा लगाउँ त्यही सोचेर आफूले बृद्धाश्रममा रहेकी आमाहरुलाई नयाँ साडी उपहार दिएको बताए ।
यसका साथै उनले रेल्वे स्टेशनमा रहेको हनुमान मन्दिरमा शनिबारबाट हलुवाको प्रसाद वितरण गर्न शुरु गरेका छन् । दुर्गा पूजाको अवसर पारेर उनले हनुमान मन्दिरमा हलुवा प्रसादको रुपमा वितरण शुरु गरेका हुन् । पूर्व वडाध्यक्ष साहले प्रसाद वितरण प्रत्येक शनिबार गर्ने जनाए ।