एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २३ : मानवमा मानवाका लागि मात्र मानवता नभएर सर्व श्रेष्ठ प्राणीको नाताले सवै जनावर जिवजन्तु तथा पशुपंछीका लागि समेत मानवता हुनुपदर्छ । बिश्वव्यापि कोरोना महामारीका वेला विश्वनै ठप्प रहेपछि त्यसको प्रभाव ति जनावर, जिवजन्तु र पशुपंछीहरुमा पनि पर्ने नै भयो । तर जनकपुरधामका केहि युवाहरु उनीहरुका लागि पनि सहयोगी हात बनेर आएका छन् ।

जनकपुरधामका युवाहरु एक समुह बनाएर जनकपुरधामका विभिन्न क्षेत्रमा पुगेर सडकमा भेटिने कुकुर, गाई, गोरु, भैसी, खँसी, बाख्रा सहितका जनावरहरुलाई समेत मायापुर्वक खाना खुवाएर मानवता देखाइरहेका छन् । दर्जन युवाहरु एक विभिन्न समुह बनाएर हाम्रो सानो प्रयास भन्दै सडकमा भेटने जनावरहरुलाई खाना खुवाउने गरेका छन् । विगत चार दिन देखि प्रत्येक दिन सानो समुह बनाएर पालैपालो करिव एक दर्जन युवाहरु यस पुन्य काममा लागेका छन् ।


राकेश चौधरी, अविनाश सिंह राजपुत, प्रकाश यादव, अमित कुमार, राजन यादव, विशाल यादव, सञ्जय सर्राफ, दिपेन्द्र यादव, शक्ति साह, अञ्जन झा रोहित सिंह सहितकाले आ–आफनो व्यक्तिगत जोहो गरि जनावरहरुलाई खाना खुवाएर मानवता देखाइरहेका छन् । कुकुरका लागि केहिले दुधभात त कहिले विरयानी त गाईबस्तुहरुका लागि घाँसपात र रोटी खुवाउने गरिएको युवाहरु बताउछन् ।




