एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २३ : जनकपुरधामको श्री राधाकृष्ण सार्वजानिक पुस्तकालय तथा श्री भैरव कल्याण समाज नेपाल तथा नागरिक समाज मुजेलियाको सन्युक्त आयोजनामा गरिब तथा अति विपन्नहरुलाई छैठौं दिन १ सय ११ गरिब तथा अति बिपन्न परिवारहरुमा तयारी भोजन वितरण गरिएको छ ।
१ सय ११ परिवारका कुल ७ सय २१ जनालाई निःशुल्क खाना वितरण गरिएको हो । कोभिड–१९ नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ का स्थानिय गरिब तथा अति बिपन्न परिवारहरु सँगै दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकहरुलाई हातमुख जोर्न समेत समस्या भइरहेकाले भोजन वितरण गरिएको संयोजक शभ्मु यादवले बताए ।