एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ : ‘उज्वल सपना’ एप्स मार्फत दुइ जना युवाहरुले शुन्य लागतमा वैदेशिक रोजगारी प्राप्त गरेका छन । जनकपुरका अमोद महरा र लक्ष्मीनिया गाउँपालिका लालबाबु यादव शुन्य लागतमा बैदेशिक रोजगारी पाएका हुन । उनीहरु उज्वल सपना एप्स डाउनलोड गरि आफ्नो पासवर्ड सहितको वायोडाटा एप्स मार्फत आवेदन दिएपछि मलेशियाको एक कम्पनीमा शुन्य लागतमा काम पाएको बताइएको छ ।
इसरा इन्सिच्युटको सहयोगमा सेफ नेपालले धनुषामा सुरक्षित बैदेशिक रोजगारीका लागि उज्वल सपना एप्स डाउनलोड गराउने जनचेतना मुलक कार्यक्रमको राम्रो प्रभाव परेको मलेसियाबाट काम गरि आएका जनकपुरधाम वडा नं. १७ निवासी अजय साहले बताए । यो एप्सको नियन्त्रण र कार्यान्वयनको अनुगमन तथा प्रभावको लेखाजोखा इसारा इन्सिच्युटले गर्ने गरेको छ ।
नेपाल सरकारले मलेशिया लगायतका देशहरुमा फ्रि भिसा र फ्रि टिकटमा बैदेशिक रोजगारीमा जाने प्रावधान ल्याए पनि कार्यान्वयन फितलो रहेको छ । दिनहु बेरोजगार युवाहरु बैदेशिक रोजगारीमा जाने गरेको र एजेन्ट तथा म्यानपावरबाट ठगिने गरेको सुचना बाहिर आउने गरेका छन । बेरोजगारीको कारण रोजगारी पाउने आशामा युवाहरु ठगिने गरेको समस्या समाधानका लागि यो एप्स व्यवहारमा ल्याइएको छ ।