एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : मेका ईन्जिनियरिङ समाज सबैलाले संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहलाई सम्मान गरेको छ । जनकपुरधाममा एक कार्यक्रमका बिच समाज सबैलाले सबैला निवासी समेत रहेकी मन्त्री साहलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको समाजका अध्यक्ष ई. राकेश जयसवालले बताए ।

सबैला नगरपालिकाबाट प्रथम महिला मन्त्री बन्नु भएको आफुहरुलाई गर्व लागेको बताउदै समाजले मन्त्री साहको अगुवाईमा मन्त्रालयले मधेश र देशको लागि उदाहरनिय काम गर्न सकोस भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।