एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीले विभिन्न परोपकारका कामहरु गरेका छन् । ट्रष्ट स्थापनाको करिव एक वर्ष पुग्नै लाग्दा समाजिक परोपकारका काममा क्रियाशिलता बढाउनु पर्ने भन्दै ट्रष्टका अध्यक्ष पत्रकार अकुल प्रसाद साहको अगुवाईमा जनकपुरधाम स्थित जानकी बृद्धाआश्रम तथा कविर बालआश्रममा फलफुल वितरण गरिएको छ ।

वृद्वाश्रमकी वृद्वआमाहरुका लागि ३० किलो र बालआश्रमका बालबालीकाहरुलाई २० किलो फलफुल बितरण गर्नुका साथै वृद्वाश्रमकी दुईजना आमाहरु विरामी रहेको थाहा पाएपछि चिकित्सकको सल्लाह बमोजिम औषधी समेत सहयोग गरेका छौं, ट्रष्टका अध्यक्ष साहले बताए ।

सो अवसरमा ट्रष्टकी उपाध्यक्ष ललिता साह, कोषाध्यक्ष लक्ष्मण साह, सदस्य शम्भु साह, शुसिल साह, शंकर प्रसाद साह, चन्द्रकला देवी साह र बिना देवी साह सहितको उपस्थिती रहेको थियो ।