एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : नेपाल वैश्य कल्याण महासंघ केन्द्रिय समितिको महाधिवेशन मसिंरमा गरिने निर्णय भएको छ । बुधवार बसेको केन्द्रिय समितिको बैठकले अगामि मसिंर मसान्त सम्म केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
केन्द्रिय महाधिवेशनका लागि वर्तमान कार्यसमिति, सल्लाहकार समिति, जिल्ला समिति अध्यक्ष, महासंघमा आवद्व विभिन्न जातीय संघ संगठनका केन्द्रिय अध्यक्ष तथा महासचिव तथा महासंघमा नरहेको जातिय संगठनको हकमा स्थानिय कमिटिका अध्यक्ष तथा महासचिव रहने गरि तयारी समिति गठन गर्ने निर्णय समेत भएको महासंघका अध्यक्ष अमरनाथ गुप्ताले बताए ।
साथै महाधिवेशन अगाडि विधान संसोधन समेत आवश्यक रहेकाले केन्द्रिय सदस्य राज कुमार साहको संयोजकत्वमा पाँच सदस्सीय समिति समेत गठन गरिएको अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।