एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २५ :
धनुषाको विदेह नगरपालिकास्थित एक जग्गालाई लिएर सर्वोच्च अदालतले दिएको आदेशको समेत नापी कार्यालय धनुषाले अपहेलना गरेको आरोप लगाइएको छ । विदेह नगरपालिका ७स्थित गिद्धामा रहेको कित्ता नम्बर ४२ र कित्ता नम्बर ५१लाई लिएर अंशियारहरु बिच विवाद रहेको छ । कित्ता नम्बर ४२ र ५१लाई लिएर सर्वोच्च अदालतले दिएको फैसलाको नापी कार्यालयले समेत अवहेलना गरेको आरोप अंशियार दावी गर्ने गंगा प्रसाद महतोले लगाएका छन् ।
महतोका अनुसार दूबै कित्ता गरी ११ कठठ घडेरीमा भतिजो रामबाबु महतोले कब्जा गरेका छन् । आधा जग्गा गंगाका दिदीहरु किशोरी देवी र पार्वती देवीको नामम सिफारिश तत्कालिन प्रधानपञ्चको कार्यालयले गरेको थियो, गंगाले भने ‘तर भाउजु चन्द्रकलाले पूरै जग्गा आफ्नो नाममा सिफारिश गराएर छोरा रामबाबुको नाममा सिफारिश गराएकी छिन् ।’ अदालतले आधा जग्गामा किशोरी र पार्वतीको अधिकार रहेको भनी फैसला सुनाएको थियो भने, बाँकी आधा जग्गाको रजिष्ट्रेशन भने बदर गरेको थियो ।
आदलतको फैसला आइसक्दा समेत रामबाबु र नापी कार्यालयले फैसलाको अवहेलना गरिरहेको अर्का अंशियार दावी गर्ने सूर्यनारायण साहले आरोप लगाए ।
विवादित सो जग्गामा रामकृष्ण महतोका ३ छोराहरु बैद्यनाथ महतो, गंगाप्रसाद महतो र सूर्यनारायण साह बिच हकभोगका लागि विवाद रहेको छ ।