एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ :
जनकपुर जेसिजले उपभोक्ता हितलाई ध्यानमा राखेर युवाहरुलाई कस्टमर केयर सम्बन्धि तालिम दिइएको छ । भविष्यको सफल व्यवसायी अहिलेको युवा पीढी नै रहेकाले उपभोक्ताको हितलाई कसरी ध्यानमा राख्ने विषयमा केन्द्रित रह्ने लगायतका प्रशिक्षण जेसिजले युवाहरुलाई प्रदान गरेको छ ।
अहिलेका युवाहरु उपभोक्ताको हितलाई ध्यानमा राखे मात्रै सफल व्यवसायी बन्न सक्ने भएकाले युवाहरुलाई कस्टमर केयर सम्बन्धि तालिम दिइएको जनकुर जेसिजका अध्यक्ष अभिषेक चौधरीले बताए ।
कन्हैया इसारियाको संयोजनमा आयोजना गरिएको कस्टमर केयर सम्बन्धि प्रशिक्षणमा युवाहरुलाई पूर्व जेसीहरु लक्ष्मी नारायण साह, सुदीप कोइराला, रश्मी शिल्पकार, श्याम साह, रामबाबु गुप्ता लगायतले प्रशिक्षण दिएका थिए ।