एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको मिथिला नगर किमिटि गठन भएको छ । नगरपालिकामा आयोजित अनेरास्ववियुको भेलाले सन्तोष कुमार महतोको अध्यक्षतामा मिथिला नगरपालिका स्तरीय कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा मनिष कुमार सिंह, जितेन्द्र कुमार महतो र आकृती महतो छन भने सचिवमा जितेन्द्र कुमार महतो रहेका छन् । सह सचिवमा रविन्द्र महतो, ध्रमेन्द्र महतो र कोषाध्यक्षमा सञ्जु बिश्वकर्मा रहेको नयाँ कमिटि गठन गरेको छ ।
भेलामा अनेरास्ववियुकी केन्द्रीय सचिव अन्जान सिवाकोटी, अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरी सहितको उपस्थिती रहेको जनाइएको छ ।