एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : मधेशी पत्रकार समाजले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको सदस्यता नविकरण र नयाँ सदस्यता सम्बन्धी सिफारिस प्रति आपती जनाएको छ । समाजका मधेश प्रदेश अध्यक्ष विरेन्द्र रमणद्वारा जारी विज्ञप्तीमा महासंघको प्रदेश समितिले गरेको सिफारिस आपतीजनक रहेको जनाएको छ ।
पत्रकारितामा क्रियाशिल नै नरहेको र नयाँ सदस्यताका लागि जिल्ला शाखाले अवलम्वन गरेको पक्रियमा सहभागिता नजनाएकालाई पनि सदस्यताका लागि सिफारिस गरिएको भन्दै समाजको आपती छ । विज्ञप्तीमा भनिएको छ, ‘एकातर्फ गैर पत्रकार भन्दै केहिलाई हटाइदै छ भने अर्को तर्फ केहि संस्था, व्यक्तिलाई लाभ हुने गरि चुनावी रणनिती तहत सदस्यता सिफारिएको हाम्रो ठहर छ ।’
प्रदेश समितिले गरेको सिफारिस फिर्ता लिई गैर पत्रकारहरु लाई गरिएको सिफारिस नसच्चाइए समाज आन्दोलनमा जान बाध्य हुने समेत समाजको चेतावनी छ ।