एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्यावसन) धनुषाले जनकपुरधाममा आयोजना गरेको जिल्ला स्तरीय हाजरी जवाफ प्रतियोगीतामा जनकपुरधामको एर्रे इन्टरनेशल स्कुल प्रथम भएको छ । अव यो स्कुल पर्साको बिरगंजमा हुने प्रदेश स्तरीय प्रतियोगीतामा सहभागिता जनाउने छ ।
प्रतियोगीतामा स्कुलका छात्रा/छात्राहरु क्रमश अनुष्का पाण्डे (७), आदित्य साह (७) र सतिश यादव (६) को समुह प्रथम भएको छ त्यसै गरि सिद्वार्थ शिशु सदन दोस्रो र मार्डन इंग्लिश तेस्रो भएको छ ।
सो प्रतियोगीताको अन्तिम आठमा सर्भोदय, जानकी बोर्डिङ्ग, मनकामना पब्लिक, जानकी विद्या मन्दिर र ओम आरसीएस स्कुल पुगेको थियो । भदौ ९ गते बिरगंजमा हुने प्रादेशिक प्रतियोगीतामा एर्रेले सहभागिता जनाउने एनप्यावसन धनुषाले जनाएको छ ।