एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
जनकपुर जेसिजले युवाहरूका लागि ’इफेक्टिभ पब्लिक एसपिकिङ्ग’ प्रशिक्षण सञ्चालन गरेको छ । जनकपुरधाममा शनिबार भएको प्रशिक्षणमा जनकपुर जेसिसका सदस्यहरू, युवाहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न दलमा आबद्ध युवा नेताहरू सहभागी भएका थिए ।
युवाहरूलाई पूर्वराजदूत तथा नेपाल जेसिजका पूर्वअध्यक्ष जेसीआई सिनेटर महेश दाहालले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणले युवाहरूको नेतृत्व गर्ने क्षमतामा अभिवृद्धि हुने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए । उनले समाज समृद्धि बनाउका लागि राम्रो नेतृत्वकर्ताको आवश्यकता हुने र नेतृत्वकर्ता राम्रो वक्ता पनि हुनुपर्ने भएकाले प्रशिक्षण सहयोगी हुने वताए ।
कार्यक्रममा जेसी प्रदीप चौधरी, जेसी प्रभा दाहाल, जेसी मनिषरमण साह, जेसी रमेशकुमार साह, जेसी जितेन्द्र महासेठ, जेसी नासिर अहमद, जेसी तुलसी पंजियार लगायत सहभागी भएका थिए । यसअघि, जनकपुर जेसिजले गत शनिबार वी लिड’ तालिम सञ्चालन गरेको थियो ।