एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ : दन्त चिकित्सकहरुको संगठन नेपाल डेन्टल एसोसिएशन, धनुषा शाखाको अध्यक्षमा डा. निमु यादव निर्वाचित भएकी छन् । उनी जनकपुरधाम स्थित सक्रिय दन्त चिकित्सक हुन ।
सोमबार भएको निर्वाचनमा उनी ४७ मत ल्याएर निर्वाचित भइन् भने प्रतिस्पर्धी डा. रामसरोज साहले केवल १ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत डा. अशोक सिंहले जानकारी दिए । उनका अनुसार डेन्टल एसोसिएशन, धनुषा शाखामा ५६ जना मतदाता रहेकोमा ४८ जनाले मात्र मतदान गरेका थिए । समितिका अन्य पदाधिकारी निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षमा डा. अनिशकुमार साह, सचिवमा डा. रामपदारथ यादव, कोषाध्यक्षमा डा. अमृता पाण्डे, सहसचिमा डा. जगदीप साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित डा. यादव प्रादेशिक अस्पतालका प्रवक्ता तथा चिकित्सक संघ धनुषाका महासचिव छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. रामज्ञान यादवकी पत्नी समेत हुन ।