एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
जनकपुर जेसिजले युवाहरूका लागि ‘वी लिड’ तालिम सञ्चालन गरेको छ ।
जनकपुरधाममा शनिबार भएको तालिममा जनकपुर जेसिसका सदस्यहरू तथा युवाहरू सहभागी भएका छन् । उनीहरूलाई नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्षसमेत रहेकी जेसी रजनी थापाले तालिम दिनुभएको छ ।
यस किसिमको तालिमले युवाहरूको नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जनकपुर जेसिजका अध्यक्ष जेसी अभिषेक चौधरीले बताउनुभयो ।
त्यसक्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुर जेसिजका पुर्ब अध्यक्ष शंकर प्रसाद साह लगायत उपस्थित थिए ।