एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालयले वृक्षारोपण कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ ।
बिश्व र नेपाललाई हराभरा बनाउने उद्देश्यका साथ आज वार्षिकोत्सवको अवसरमा प्रादेशिक र यस कार्यालय अन्तर्गत पर्ने २३ वटै वितरण केन्द्रहरुमा एक साथ वृक्षारोपण कार्यक्रम गरिएको कार्यालयका प्रशासन प्रमुख रविन्द्र कुमार आलेले बताए ।

सो अवसरमा कार्यालयका सहायक प्रबन्धक सुनिल साह, कर्मचारीहरु, सहयोगीहरु सहितको उपस्थिती थियो ।
