एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
जनकपुरधामको रामानन्द चोकमा छात्राहरुको वासमा कठिनाई नहोस भन्ने उद्देश्यले गल्र्स होस्टेल संचालनमा ल्याइएको छ । विभिन्न ठाँउबाट जनकपुरधाम अध्ययनका लागि आउने छात्राहरुको वासको व्यवस्थालाई ध्यानमा राख्दै गल्र्स होस्टेल संचालनमा ल्याइएको हो ।

रामानन्द चोकस्थित संचालनमा ल्याइएको शुलभ गल्र्स होस्टेल छात्राहरुको सुविधाका लागि संचालनमा ल्याएको होस्टेलका संचालक रिंकु देवीले जानकारी दिइन् । जनकपुरधामको शिक्षा क्षेत्रमा प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा सहयोग पुग्ने हिसाबले छात्रा होस्टेलको शुरुवात गरेको उनले बताइन् ।

४० जना छात्राहरु बस्ने क्षमताको सो होस्टेलमा वासका लागि मासिक ८ हजार रुपैयाँ खर्चनु पर्नेछ । यसका साथै होस्टेलमा छात्रा तथा युवतीहरुको सुरक्षामा विशेष ध्यान पुर्याइने संचालक रंजुले बताइन् ।