एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ : खाद्य अधिकार हननको सवाल सम्बोधनमा मधेश प्रदेशका नीतिलगायत विषयमा सरोकारबालाहरूले छलफल गरेका छन् । फियान नेपाल तथा जिल्ला खाद्य सञ्जालले जनकपुरधाममा गरेको कार्यक्रममा मधेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द्र न्यौपानले खाद्य अधिकारको हनन हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले विपन्न वर्गलाई सहयोग पुग्ने गरी यसपटक कृषि क्षेत्रको बजेट ल्याएको पनि बताउनुभयो । कार्यक्रममा सहभागीहरू सांसदसहित जनप्रनिधिहरू, सम्बन्धित सरोकारबाला तथा नागरिक समाज संघ संस्थाहरूले खाद्य अधिकारको महत्वबारे चर्चा गरेका थिए । उनीहरूले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ को कार्यान्वयनको अवस्थाबारे पनि छलफल गरेका थिए ।

फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले खाद्य अधिकार र खाद्य सम्प्रभुताको क्षेत्रमा आवश्यक रणनीतिका विषयमा मधेश प्रदेशबाट आएको सुझावलाई कार्यान्वयनका लागि पहल गरिने बताए । कार्यक्रममा आगामी दिनमा खाद्य अधिकार र खाद्य सम्प्रभुताको क्षेत्रमा आवश्यक रणनीतिका विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।