एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
जनताको स्वास्थ्य सेवामा सहज पहुँच र गुणस्तरी ल्याव परिक्षणका लागि जनकपुरधाम जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । मधेश प्रदेश सरकारसंगको सहकार्यमा जनकपुरधामको वडा नम्बर १२ कुवामा जनकपुरधाम जनस्वास्थ्य प्रयोगशाला बुधबारबाट सञ्चालनमा आएको हो ।

यो प्रयोगशालामा आरएफटी, एलएफटी, सीबीसी, लिपिड प्रोफाइल, म्यागनेसियम लगायतका आधुनिक जाँचहरुको परिक्षण हुने जनाइएको छ । प्रयोगशालाबाट एकदमै सस्तोमा सेवा उपलब्ध गराउने पनि उपमहानगरपालिकाले जनाएको छ ।

जनकपुरधामका प्रमुख मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, मधेश प्रदेश जनस्वास्थ्यका प्रमुख डाक्टर श्रवणकुमार मिश्र, वडा नम्बर १२ का अध्यक्ष महेन्द्र साह लगायतकाले सामुहिक रुपमा प्रयोगशालाको समुदघाटन गरेका छन् ।

जनकपुरधाममा एकसे एक चिकित्सकहरु उपलब्ध रहेपनि यहाँ प्रयोगशाला परिक्षण भरपर्दो नरहेको गुनासोका बिच सञ्चालनमा आएको यो प्रयोगशाला भरपर्दो रुपमा काम गर्ने आशा स्थानियको छ । मेयर साहले यहाँ होल बडी चेकअप मात्र छ सय रुपैयामा उपलब्ध हुने समेत बताए ।

सो अवसरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय उपस्थिति भएका थिए । यहाँ उपलब्ध हुन नसक्ने सेवाहरुका लागि नमुना संकलन गरि प्रदेश पयोगशालामा पठाइने समेत बताइएको छ ।