एसपी रिपोर्टर
जनकपुरधाम, असार १३ :
नेपाल सरकारले आलु प्याजमा समेत मूल्य अभिवृद्धि कर लगाए लगत्तै जनकपुरधामका आलु प्याजका व्यापारीहरु आन्दोलित छन् । व्यापारीहरुको आन्दोलनका बिच आलु प्याजको कालोबजारी समेत बढ्दै गईरहेको छ ।
बुधबार बिहानै जनकपुरधामका आलु प्याज व्यापारीहरुले भारतीय सीमानाका भएर अवैध रुपमा ल्याइएको आलु प्याज आलु प्याज नियन्त्रणमा लिएको छ । जनकपुरधामस्थित रेल्वेको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले कपिलेश्वरबाट अवैध रुपमा ल्याउँदै गरेको आलु प्याज नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीले सो आलु प्याज छोड्न लागेको सूचना पाए लगत्तै व्यापारीहरुले आलु प्याज नियन्त्रणमा लिई भन्सारमा बुझाउन दवाब दिएका छन् ।
महिनाथपुर सीमानाका भएर ७ बोरा आलु र २ बोरा प्याज ल्याईरहेको अवस्थामा प्रहरीले टेम्पो सहित सो समान बरामद गरेको थियो । आफूहरु टेम्पो मात्रै छोड्ने र आलु प्याज मात्रै भन्सारमा बुझाउन लागेपछि व्यापारीहरुले टेम्पो पनि भन्सारमा बुझाउन दवाब दिएपछि टेम्पो पनि भन्सारमा बुझाउन लागेको प्रहरीले जनाएको छ ।
यसरी आलु प्याजको कालोबजारी बढ्दै गएपछि आफूहरुको आन्दोलनलाई प्रभावित पारिरहेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष ध्रुव साहले बताए । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म यो आन्दोलन जारी रह्ने उनले चेतावनी दिए । केही दिन यतादेखि जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजको बिक्री पूर्ण रुपमा बन्द गरेका छन् ।





