रञ्जन भण्डारी
महोत्तरी, असार १२ : भिट्ठामोड़ जनकपुर हुलाकी सड़कमा सड़क अनुसार को पुलको चौड़ाई न हूदा पुल बाट खसेर एक मोटरसाइकल चालक को मृत्यु भएको छ ।
मध्यरात जलेश्वर तर्फ बाट जनकपुर तर्फ मोटरसाइकलले जादै गरेका जनकपुरधाम उप महानगर पालिका २ निवासी ३० वर्षीय शंकर भनिने दीपेश ढुङ्गेल को मृत्यु भएको हो। मध्यरात ज८ प ६५३३ नं को मोटरसाइकलमा जनकपुर तर्फ जादै गर्दा अन्ध्यारो मा पुल को चौड़ाई आंकलन गर्न नसकी सड़क कै छेउ बाट सीधा जान खोज्दा बिगही पुल मुनि उनको खसी उनको मृत्यु भएको घटना स्थलको प्रारम्भिक अध्ययन ले देखिएको छ । तथापि प्रहरीले अनुसंधान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी ले जनाएको छ ।
घटना स्थल जलेश्वर नगर पालिका ९ आगेपुर स्थित घटना स्थल बाट प्रहरी ले शब उठाई प्रादेशिक अस्पताल जलेश्वर पोस्टमार्टम को लागि पठाएको छ ।
निर्माणाधीन हुलाकी सड़क मा निर्माण कम्पनी ले पटक पटक म्याद बढाएर समय मैं सड़क निर्माण सम्पन्न न गरेको स्थानीय हरू को गुनासो छ ।