एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : समाजिक आर्थिक सश्क्तीकरण परियोजना अन्तर्गत धनुषाको लक्ष्मिीनियाँ गाउपालिकामा रिफलेक्ट कक्षाबाट आएका समुदायका सवाल र स्थानिय निकायको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
एफसीएको सहयोगमा रतौली युवा क्लवले लक्ष्मीनियाँ ४ सपही स्थित विपी कोइराला माविमा स्थानिय वडा अध्यक्ष, सदस्यहरु सहित लक्षित वर्गको सहभागितामा आयोजना गरेको कार्यक्रममा समुदायका सवाल र स्थानिय निकायको भुमिका विषयमा छलफल गरिएको छ ।
क्लवबाट परियोजना संयोजक कृष्ण बहादुर भुलले परियोजना धनुषाको लक्ष्मीनियाँ र महोतरीको पिपरा तथा मठिहानी सहित तिनवटा पालिकाहरुमा सञ्चालनमा रहेको जानकारी गराउदै लक्षित वर्गको समस्या पहिचान गरि स्थानिय सरकारको समन्वयमा समाधानका लागि प्रभावकारी रुपमा काम भइरहेको बताए ।

लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश महतोले दलित महिला जस्को कुनै पहुच छैन उनीहरुको मद्दत र मौलिक अधिकारहरुको संरक्षणका लागि स्थानिय सरकार संग समन्वयका लागि परियोजना प्रभावकारी रहेको बताए ।
कार्यक्रममा उपस्थित सोहि पालिकाकी ३२ वर्षिय रिंकु सादाले आफुनो अहिले सम्म जन्मदर्ता समेत नरहेको बताउदै सो अभावमा छ, तिन र दुई वर्षका तिनजना सन्तानहरु जन्मदर्ताको अभावमा स्कुल जान नसकेको बताए ।
आँखा देख्न नसक्ने फरक क्षमता भएको श्रीमानको नागरिकता रहेपनि आफु र बच्चाहरु जन्मदर्ता पाउन नसकेको बताउदै उनले परियोजनाका अगुवाहरुले पहल गरिरहेको बताइन । कार्यक्रममा क्लवबाट परियोजनाका समाजिक परिचालक संजय कुमार महतो, विवेक कुमार रौनियार सहितको उपस्थिती थियो ।





