एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ गते : बालबालिकालाई खोप लगाउन र जन्मदर्ता बनाउनतर्फ अभिभावकलाई आर्कषित गर्न समाजिक विकास र अनुसन्धान केन्द्र सफल भएको दावी गरिएको छ । मंगलावर समाजिक विकास र अनुसन्धान केन्द्रद्वारा प्रारम्भिक बालविकास सेवाको प्रवद्र्धनमा संचारकर्मीहरुको संलग्नता र भूमिका विषयक छलफल बैठकमा केन्द्रका श्रीराम यादवले बालबालिकाको सपना परियोजनाको मूल उद्देश्य बालबालिकालाई खोप लगाउन र जन्मदर्ता बनाउनतर्फ अभिभावकलाई आर्कषित गर्न सफल भएको बताए ।
गर्भदेखि ३ वर्षसम्मको बालबालिकालाई खोप लगाउनेदेखि स्तनपान र खेलकुदमा विचार पुरयाउनेसम्मका अभिभावकलाई जागृत गराउने सो परियोजनाको मूल उद्देश्यले रहेको छ । जूलाई २०२२ देखि जुन २०२३ सम्म धनुषाको विदेश नगरपालिका वडा नम्बर ३ र ९ तथा जनकनन्दनी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा सो परियोजनाको कार्यक्रम केन्द्रद्वारा संचालनमा रहेको छ ।

घर बलियो जगले, राष्ट्र बलियो बालविकासले बालबालिका नै राष्ट्रको भविष्य हुन भन्ने मूल नाराका साथ प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा संचालित सो परियोजना अन्तर्गत प्रारम्भिक बालविकासको लागि बालबालिकाको हेरचाहमा बूवाको भूमिका र उनलाई विभिन्न तालिम मार्फत अभिभाकत्व बोध गराउने, हात धुने तरिका, बाल उत्प्रेरण कक्ष निर्माण, बच्चालाई खुवाइने लिटो बनाउने तालिम, बालबालिकालाई खेल्न कपडाको खेलौना बनाउने अभिभावकलाई तालिम लगायतका क्रियाकलाप गरिएको छ । अध्यक्ष सुखदेव ठाकुरले बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई समेत परियोजनाले विद्यालय तर्फ आकर्षित गर्ने काम गरिरहेको बताए ।





