एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : जलेश्वरनाथ नगरपालिकाका मेयर सुरेश कुमार साहले जनकपुरधाम स्थित बुद्ध डायविटिज तथा थायराईड केयर प्रा.ली.मा आफु डायविटिजको परिक्षण गराएर काठमाण्डौंको जस्तै गुणस्तर पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
जनकपुरधामको रामजानकी चौक स्थित बुद्ध डायविटिज तथा थायराईड केयर प्रा.ली. सञ्चालनमा आएको एक वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा महोतरीको जलेश्वरनाथ नगरपालिकाका मेयर साहले आफु पहिला काठमाण्डौंमा उपचार गर्ने गरेको तर बुद्ध डायविटिज तथा थायराईड केयर प्रा.ली.को उपचार पनि एकदमै भरपर्दो देखेपछि काठमाण्डौं जान छोडेको बताए ।

सो अवसरमा प्रा.ली.को सञ्चालक सहप्रध्यापक डा. विजय कुमार साहले एक वर्षको यात्रामा प्रा.ली. पाएको माया र समाजमा जितेको बिश्वासलाई कायम राखेर अझै बृद्वि गर्ने जिम्मवारी थपिएको भन्दै आफुहरु गुणस्तरीय सेवा प्रति प्रतिवद्व रहेको बताए ।
सो अवसरमा प्रा.ली.का अभिभावक शशी रौनियार, जनकपुरधाम प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डित, डा. रामज्ञान यादव सहितकाले सामुहिक रुपमा केक काटेर प्रा.ली.को पहिलो वार्षिकोत्सव मनाएको छ ।





