एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ :
प्रतिनिधीसभा सांसद चन्दा चौधरीले क्यान्सर रोग लागेको आशंका लागेमा तत्काल उपचारका लागि चिकित्सकसंग चेक जाँच गराउन आग्रह गरेका छन । मंगलबार जनकपुरमा आयोजित स्तन क्यान्सर संबन्धी जनचेतनामूलक एक दिबसिय कार्यक्रममा बोल्दै उनले यस्तो बताइन । उनले भने, स्तन क्यान्सर लागेको आशंका लागेमा घर परिवारको सदस्यसंग लाज र डर नमानी बताउनु पर्छ ।

स्तन क्यान्सर समय मै पत्ता लगाउन सके सहि उपचारबाट निको हुने संभावना रहन्छ । क्यान्सर रोग लागेको खन्डमा आत्मबल बलियो गरेर जानुपर्छ । उनले भनिन । कार्यक्रममा बोल्दै चौधरी फाउन्डेसनका सचिव सारिका चौधरीले अफ्नो परिवारका ५ जना सदस्य क्यान्सर रोगले ज्यान गुमाउनु परेको दुखद अनुभव सुनाउंदै यो रोग दुस्मनलाइ पनि नलागोस कामना गरेको बताइन । उनले भनिन, ञहामी महिलाहरु आफनो सौन्दर्यतालाई ध्यान दिए जस्तै स्तन क्यान्सरको बारेमा सचेत हुनुपर्छ ।

आजको अन्तर्क्रीयाबाट सिकेको कुरो आ आफनो छरछिमेका महिला दिदिबहिनिहरुलाई सचेत गर्नुस । उनले भनिन ! कार्यक्रमका अर्का बक्ता सार्क महासचिवको धर्मपत्नी कृशान्ती वीराकुनले क्यान्सरको बिरामीलाई प्रेम र प्रोत्साहन प्रदान गरी उनीहरूको बोझ कम गर्न मद्दत गर्न सकिने बताइन । ञअझ जनचेतना बढाएर, जागरूकता फैलाएर, क्यान्सर लाग्नबाट जोगाउन सकिन्छ ।

क्यान्सर शून्य त नहोला तर कम गर्न भने पक्कै सकिन्छ । र यस्ता कदमले स्तन क्यान्सरको खतरा नरहेको भविष्य बनाउन सकिन्छ भन्ने कुराको याद गरौ । उनले भनिन । नेपाल भारत महिला मैत्री समाजद्वारा आयोजित कार्यक्रममा धनुषा र महोत्तरीका गरि करिव २ सय महिलाहरुको सहभागिता रहेको थियो ।