एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : नेपाली आमसञ्चारमा बाल संबेदनशिलताको अवस्था सम्बन्धमा जनकपुरधाममा छलफल गरिएको छ । जनकपुरधाममा चाइल्ड नेपालको आयोजना र शेभ द चिल्ड्रेनको सहयोगमा आयोजित नेपाली आमसञ्चारमा बाल संबेदनशिलताको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार समेत रहेका विज्ञ डा. कुन्दन अर्यालले नेपाली आमसञ्चारमा बालबालिका सम्बन्धी मुद्दा उठान गर्दा अपनाउनु पर्ने संवेदनशिलताका विषयमा प्रकाश पारेका थिए ।
लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रता रहने र मुद्दा उठानको स्वतन्त्रता रहने भएकाले लोकतन्त्र समेत पत्रकारिताको प्राथमिकतामा पर्नुपर्ने उनीहरुको तर्क थियो । बालअधिकार प्रवद्र्वनका लागि चाइल्ड नेपाल प्रयासरत रहेको भन्दै चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले आमसञ्चारले बालबालिकाको अधिकारका लागि थप पहलकदमी लिन आवश्यक रहेको बताए ।
कार्यक्रममा धनुषाका एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।