एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ :

पछिल्लो समय जनकपुरधाममा दिन दिनै चोरीका घटनाहरु बढ्दै गईरहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ अभियानलाई तीव्रता दिएपनि चोरीका घटनाहरुमा भने नियन्त्रण हुन सकेको छैन ।
पछिल्लो पटक प्रहरी गस्ती हुने ठाउँबाट केही दुरीमै ट्रैक्टर चोरी भएको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ मिल्स चोकमा रहँदै आएको प्रहरी गस्ती टोलीभन्दा मात्र १ सय ५० मिटरको दुरीमा ट्रैक्टर चोरी भएको हो ।
बुधबार राति १ बजे श्री राम इन्टरप्राइजको नाममा लिएर ट्रैक्टर चलाउँदै आएका सरोजकुमार साहको घर नजिकै ट्रैक्टर चोरी भएको हो । प्रदेश २–०२–००१त २१३३ नम्बरको सोनालिका ट्रैक्टर उनले घर नजिकै पार्क गरेर राखेका थिए । यद्यपि प्रहरी गस्ती ह्ने ठाउँबाट केही दुरीमै चोरहरु ट्रैक्टर चोरेर भाग्न सफल भएका हुन् ।