FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


ओझेलमा पर्दै मधेशको संर्घष र आन्दोलनका सहयात्रीहरु

ओझेलमा पर्दै मधेशको संर्घष र आन्दोलनका सहयात्रीहरु
  • 1.1K
    Shares

पुरन रौनियार
जनकपुरधाम, वैशाख १७ :
गत १४ वर्षको मधेशको विभिन्न संर्घष र आन्दोलनहरुका कारण राजनितिक दलका नेताहरु र उनका परिवारजन देखि विभिन्न पात्रहरु खुवै अवसर र सुविधा प्राप्त गरे । तर ति आन्दोलनहरु राजनितीक दल र नेताहरुको मात्र थिएन । हरेक मुभमेन्टमा पत्रकार, कलाकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, अपाङ्गता भएकाहरु, चिकित्सक सहित सम्पुर्ण पेशाकर्मीहरुको उतिकै सदभाव र सहभागिता नै थियो भन्दा फरक नपर्ला । तर जे जति पाइएको उपलब्धीहरुका कारण पाइएको अवसरहरुमा सवै भन्दा बढि कलाकारहरु ओझेलका पात्र बनेको गुनासो छ ।

आज हामी २०६३/०६४ सालको पहिलो मधेश आन्दोलन देखिनै तराई मधेशको विभिन्न संर्घष र आन्दोलनहरुमा आफनो हैसियतले भ्याए सम्म आफनो कलाका माध्यमले योगदान र भुमिका निर्वाह गरेका एउटा यस्तै पात्रको बारेमा केहि लेख्ने प्रयत्न गरेका छौं । त्यस्ता मधेशका अनेकन प्रतिभावान कलाकर्मी मध्येका एक हुन युवा गायक संजय यादव ।

२०५९ साल तिर उच्च शिक्षाका लागि सुनसरीको धरान स्थित पुर्वाञ्चल क्याम्पसमा नाम दाखिला हुँदा धरानमा खुवै मधेशी पहाडीको फिलिङ्ग महशुस हुन्थ्यो । धरानमा अध्यन्नका क्रममा लेखकका रुमेट समेत रहेको गायक यादव मधेशमा सर्वाधिक बोलिने भाषा मैथिलीमा गित रचना, संगीत र स्वर दिने प्रयास सुरु गरिसकेका थिए । ओभरसियर पढाईका साथ साथै धरान स्थित श्री सरगम संगीत विद्यालयमा संगीत सिकाउने मैथिली भाषालाई माया गर्ने गुरु ओमप्रकाश राईवाट औपचारिक संगीतको प्रशिक्षण सुरु गरेका संजयले २०६० मा ‘चाँदके टुकडा’ नामक मैथिली गीतको एल्वम ल्याएर क्याम्पसका साथ साथै मधेशमा समेत आफनो सांगीतिक परिचयको थालनी गरे ।

मधेश आन्दोलनकै लागि गीतको रचना, संगीत र स्वर

एल्वम संगै क्याम्पसमा पढने मधेशी विद्यार्थीहरु बिच संजयको सम्पर्क बढिसकेको थियो । त्यसपछि क्याम्पसमा हुने विभिन्न सांस्कृतीक कार्यक्रममा पाइने थोरै अवसरमा पनि संजयलाई समय दिइन थालियो । मधेशी विद्यार्थीहरुले गर्ने इभेन्टमा त अवसर नपाउने कुरै भएन । त्यसपछि मधेशका भाषाहरु मैथली तथा भोजपुरीका साथै नेपालीमा समेत अनेकन गीतहरु लइाएका संजय मधेश आन्दोलनमा शक्ति प्रदान गर्ने गीतहरु पनि ल्याए । २०६२ सालमा तिन वर्षे ओभरसियरको कोर्ष सम्पन्न हुदै गर्दा मधेश आन्दोलनको आधारमुखी गतिविधीहरु मधेशमा सल्बलाउन थालेको थियो । जब पहिलो मधेश आन्दोलनको आगो बल्यो र मधेशमा हक अधिकारका लागि संर्घष सुरु भयो संजयले समेत सो संर्घषमा आफनो रचना, संगीत र स्वरका माध्यमले सहभागिता जनाउन थाले । तल केहि उदाहरणहरु प्रस्तुत गरेका छौं ।

‘जाग जाग हो भैया मधेशी खस शासक बुझैछो बिदेशी ‘

‘मुक्ति गीत मधेशक गाबु मिलाउ हातसँ हात मधेशी जिन्दावाद‘

‘मधेशी देखलिया है खस तेरी सरदारी रे अव मधेशकी बारी रे ना‘

देशमा आन्दोलन र बन्द हडताल तथा दैनिक गोली बारुद बलिदानी र सहादतको क्रम चलिरहँदा संजयलार्ई तलको गीतले मधेश मात्र नभई देश र विदेशमा पनि गायकको रुपमा स्थापित गरायो । आपसी सदभाव र अहिंसामैत्री सो गीत खुवै चर्चा कमायो ।

बिन्ती छै सव नेपाली भैया और भाइके किया कन्बै छो हो तो सभ नेपाल माईके

माथीका केहि युटयुवका लिंकहरु मधेश मुभमेन्टमा गायक संजयको तर्फवाट आफनो कला मार्फत दिइएको योगदानका केहि उदाहरणहरु मात्र हुन । संजयले यस्ता धेरै गीतहरु गाएर संर्घषमा सहादत दिएका विर शहिदहरुका साथै हक अधिकारमुखी आन्दोलनका आन्दोनलकारीको हौसला बढाउने काम गरेका छन् । यस्ता प्रस्तुती र समय सान्दिर्भिक समाग्री निर्माणमा चर्चित गितकार तथा साहित्यकार अशोक दतको समेत अहम भुमिका र सहयोग रहेको संजयले सुनाए । दत्तका साथै नेता एवम रचनाकार बृशेषचन्द्र लालको समेत सहयोगको स्मरण गर्दै संजयले भने, ‘मेरो अहिले सम्मको यात्राको प्रेरणाको स्रोत नै अशोक भाइ जी हुन ।’

तर यि कलाकारहरु अहिले सोहि आन्दोलनहरुको उपलब्धीका रुपमा स्थापित भएका प्रदेश सरकारको प्राथमिकतामा भने पर्न सकेका छैनन् । मधेश आन्दोलन देखि अहिलेको कोरोना भाइरस महामारी विरुद्वको लकडाउन सम्म आइपुग्दा लकडाउनमा जनतालाई परेको पिडा सम्म कलाकारहरु यसरी वाहिर ल्याउने गरेका छन् ।

माथीका केहि युटयुवका लिंकहरु मधेश मुभमेन्टमा गायक संजयको तर्फवाट आफनो कला मार्फत दिइएको योगदानका केहि उदाहरणहरु मात्र हुन । संजयले यस्ता धेरै गीतहरु गाएर संर्घषमा सहादत दिएका विर शहिदहरुका साथै हक अधिकारमुखी आन्दोलनका आन्दोनलकारीको हौसला बढाउने काम गरेका छन् । तर यि कलाकारहरु अहिले सोहि आन्दोलनहरुको उपलब्धीका रुपमा स्थापित भएका प्रदेश सरकारको प्राथमिकतामा भने पर्न सकेका छैनन् । मधेश आन्दोलन देखि अहिलेको कोरोना भाइरस महामारी विरुद्वको लकडाउन सम्म आइपुग्दा लकडाउनमा जनतालाई परेको पिडा सम्म कलाकारहरु यसरी वाहिर ल्याउने गरेका छन् ।

तर यस्ता कलाकारहरुको पिडा आ–आफनै छ । राज्य वा प्रदेश सरकारले त चिनेन चिनेन आफनै लगानी र मेहनतमा बनाइएका जनता उपयोगी समा्रगीहरु पनि कसैले चोरेर आफनो फाइदा अनुकुल प्रयोग गर्दा समेत न्याय पाउने ठाँउ कतै नदेखिएको संजयको गुनासो छ । उनले आफनै लगानीमा बनाएका त्यस्ता गीत र भिडियो समाग्रीहरु अरु कसैले चोरेर युटयुवमा हालि मज्जाले पैसा कमाउने गरेको समेत बताए ।

युवा गायक संजय अहिले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित आफनो घरमै आफनै लगानीमा माइ म्युजिक नामक रेकर्डिङ्ग स्टुडियो चलाएर जसोतसो सांगीतिक यात्रा धानिरहेका छन् । ‘अन्य पेशा नअपनाएको भए आफनो प्रवल इच्छाको यो पेशा धान्न एकदमै गा¥हो हुन्थ्यो’ संजयको भनाई छ । आन्दोलन र संर्घषको जगमा बनेको नयाँ सरकारहरुले यस्ता आन्दोलनकारी सहकर्मी सहयात्रीहरुको पनि जानकारी राख्नपर्ने आवयश्कता छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा भाषा सम्पादक हुनुहुन्छ ।

सम्बन्धित समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

47 mins ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

1 hour ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

2 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago
प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर
एस.पी. खबर विशेष

प्रचण्ड–नेपालद्वारा देउवालाई केन्द्र देखि प्रदेश सम्मको अफर

2 days ago
आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै
एस.पी. खबर विशेष

आज मकर संक्रान्ति (तिला संक्रान्ति) मनाइदै

3 days ago

ताजा समाचार

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास


स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy