एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ७ :
नेकपा एकिकृत समाजवादी समर्थित एकिकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा तुलाकृष्ण गोइत चयन भएका छन् ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालको मधेस प्रदेशको अधिवेशनबाट गोइतलाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै उपाध्यक्षहरुमा निरेन्द्रकुमार चौधरी, रमेश प्रसाद यादव, सुशिलाकुमारी सिंह, महासचिवमा सुरेशकुमार रोहिता, सचिवहरुमा मनोहर मुखिया, चन्द्रभुषण साह, रेणु यादव र कोषाध्यक्षमा नवनितकुमार झा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा वीरेन्द्र प्रसाद साह, अनिताकुमारी महतो, सरोजकुमार साह, धर्मेन्द्रकुमार गोइत, वसन्तकुमार झा, मनोजकुमार साह, श्याम मण्डल, सुरेशकुमार यादव, राजुराय यादव, लावण्य गौतम, प्रमोदकुमार मण्डल, सत्यनारायण पण्डित, मनोहरकुमार पण्डित, चन्द्रदेव शर्मा र दिलीपकुमार यादवलाई चयन गरिएको हो ।





