एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ :
नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा मधेससंग विभेद गरिएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममा मधेसको विकासलाई लिएर कुनै त्यस्तो योजनाहरु समावेश नगरिएको उनको भनाई छ ।

प्रगतिशील वन प्राविधिक संघ नेपाल मधेस प्रदेशको अधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले सचिव महासेठले नीति तथा कार्यक्रममा तराई मधेसका मुद्दाहरु खासै सम्बोधन नहुनु लज्जास्पद विषय रहेको उनको भनाई थियो । नीति तथा कार्यक्रममा मधेसका विषयहरुलाई समावेश गराउनकालागि एमालेका नेताहरुले संशोधन प्रस्ताव दर्ता गराउने जानकारी दिए ।
एक अर्को प्रसंगमा उनले सरकार चुरे संरक्षणको विषयमा समेत गम्भिर नरहेको आरोप लगाए । चुरे सुरक्ष्ीित नभए नेपाल पनि सुरक्षित नरह्ने यथार्थ हुँदापनि वर्तमान सरकार चुरे संरक्षण तर्फ चासो नदेखाएकोप्रति चिन्ता व्यक्त गरे । यता अधिवेशनबाट प्रगतिशील वन प्राविधिक संघ नेपाल मधेश प्रदेश अधिवेशनबाट निर्विरोध कार्य समिति चयन गरिएको छ । संघको अध्यक्षमा उज्ज्वल यादव चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा सुवाश कुशवाहा, पिंकी मेहता, सचिवमा आभास प्रधान, उपसचिवमा प्रमिला चौधरी, नितेश कुमार दास, कोषाध्यक्षमा बलराम यादव चयन भएका छन् । सदस्यहरुमा अलताफ आलम, प्रशान्त कुमार कर्ण, सरोज यादव, रामचन्द्र यादव, महिला सदस्यहरुमा नीति महतो, काजल यादव, क्याम्पस सदस्यमा सुरज साह, अमित कुमार साह जिल्ला सदस्यमा शैलेन्द्र यादव, सबिन भण्डारी, मधेशी सदस्यमा संयोग कुमार साह, नितेश कुमार चौधरीलाई चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिहरुमा धीरेन्द्र प्रसाद सिंह, भक्त बहादुर लामा, फणीन्द्र प्रसाद पोख्रेल र धिरबहादुर कार्कीलाई चयन गरिएको हो ।