एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेपाल ट्रेड युनियन कांग्रेस धनुषा जिल्ला अध्यक्षमा महावीर दास पुनः निर्विरोध चयन भएको छ । युनियनको शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले दासलाई अध्यक्षमा चयन गरेको हो ।
यसैगरी उपाध्यक्ष राम प्रसाद पन्जियार , महिला उपाध्यक्ष सुशिला यादव , सेवा क्षेत्रका उपाध्यक्ष उमेर साह , अनौपचारिक क्षेत्रका उपाध्यक्षमा रितेश गुप्ता, उत्पादन क्षेत्रका उपाध्यक्ष रोहित श्रेष्ठ, सचीव विनोद कुमार यादव, सहसचिव नागेन्द्र यादव, सोमनाथ भट्टराई र कोषाध्यक्ष बिजय साह निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन वैशाख २३ गतेभित्र, सात वटै प्रदेशको अधिवेशन जेठ ६ गते र केन्द्रीय महाधिवेशन जेठ १२, १३ र १४ गते काठमाडौमा हुँदै छ । नेपाली कांग्रेसको सबै भातृ एवं शुभेच्छुक संस्था मध्ये विधान अनुसार बैठक, विभिन्न गतिविधि, प्रत्येक वर्ष परिषद्, सम्मेलन र चार चार वर्षमा महाधिवेशन गर्ने ट्रेड युनियन कांग्रेस मात्र एक्लो शुभेच्छुक संस्था हो ।





