एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ : ई.सं.को नयाँ वर्षमा ब्यापक तामझाम गर्ने नेपालीहरु आफनै देशको मुख्य नयाँ वर्ष वि.सं. खासै उत्साहका साथ मनाउदैनन् । समान्य साथीभाईहरु संग रमाइलो र घुमघाम बाहेक जनवरीको नयाँ वर्ष जस्तो धुमधाम र तामझाम वि.सं.को नयाँ वर्षमा भइनरहेको बेला जनकपुरधाम स्थित रौनियार समुदायको सामुदायिक संस्था रौनियार सेवा समितिले नयाँ वर्ष संस्थागत रुपमा मनाउदै शुभकामना आदान प्रदान गरेको छ ।

समिति जनकपुरधामका अध्यक्ष रामप्रताप साह रौनियारको अध्यक्षतामा भएको एक कार्यक्रममा समितिका पदाधिकारी र पुर्व पदाधिकारीहरुका साथै रौनियार समुदायका अग्रज र अगुवाहरु बिच शुभकामना आदान प्रदान गरिएको छ । एक अर्कालाई पुष्प गुच्छा उपहार दिदै अग्रज देखि कनिष्ठ सम्मले नयाँ वर्षको शुभकामना आदान प्रदान गरि नयाँँ वर्ष मनाएको छ ।

सो अवसरमा समितिका संरक्षक अवकास प्राप्त वरिष्ठ ईन्जिनियर चन्देश्वर प्रसाद रौनियारले यस नयाँ वर्षले सुर्य र Áतुको महत्व दर्शाउने भएकाले दैनिक विहान सुर्योदयको वेलामा आधा घण्टा सुर्यको ताप ताप्न आग्रह गर्दै शुभकामना र आर्शिवाद बचन राखेका थिए ।

समितिका अध्यक्षले अर्को पदाधिकारीलाई र अन्य पदाधिकारीहरुले अर्का पदाधिकारीहरुलाई फुलको बुके दिएर भाइचारा र स्नेह दर्शाउदै मनाइएको नयाँ वर्ष पृथक देखिन्थ्यो ।

सो अवसरमा आज मिथिलाञ्चलमा सतुवाइन पर्व समेत रहेकाले सबैले सतुवा खाएर सतुवाइन मनाएका थिए भने सो अवसरमासमितिको धर्मशाला प्राङ्गणमा शमी वृक्षको वृक्षारोपण समेत गरिएको थियो ।






