एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० :

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २१ कुर्थामा भएको निशुल्क स्वास्थ्य शिविरमा करिव चारसय जना विरामीले निशुल्क स्वास्थ्य उपचार गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य चौकी कुर्थाको समन्वयमा भएको शिविरमा नाक, काम र घाँटी रोग सम्बन्धी विभिन्न समस्या सहित पुगेका सैयौं विरामीहरुलाई स्वास्थ्य उपचारका साथै उपलब्ध भएका औषधी, जाँचहरुका साथै परार्मश समेत नि:शुल्क प्रदान गरिएको छ ।

चालु वर्षको अन्तिम दिन विरामीहरुलाई राहत होस र समस्याको समाधान होस भन्ने हिसावले ईएनटी विशेषज्ञ डा. राजिव महासेठको अगुवाईमा भएको शिविरमा वडावासी सहित जानकारी भएका उपमहानगरवासीहरु समेत आएर सेवा लिएको बताइएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले आफै अनुगमण गरेको शिविरमा बोल्दै मेयर साहले यस अगाडि आँखा उपचारको पनि नि:शुल्क शिविर भएको जस्मा तिनसयजनाको निशुल्क मोतियाबिन्दुको शाल्यक्रिया सहित उपचार पनि निशुल्क गरिएको बताए ।