एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : विराटनगर टिमबाट जनकपुरधाम मेयरकप २०७९ प्रतियोगितामा खेल्न जनकपुरधाम आएका दिपेश कंडेललाई जनकपुरधाम उपमहानगरपालिका र जिल्ला क्रिकेट संघ धनुषाले पुरस्कृत एवं सम्मान गरेको छ । अन्डर १९ बिश्वकप क्वालिफायरमा युएई विरुद्व बलिङ्ग तर्फ ह्याट्रिक विकेट लिएर देशको शान बढाएको भन्दै दुवै संस्थाले नगद ११ हजार सम्मान पत्र सहित कंडेललाई सम्मान गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त गुड्डु पाण्डले कंडेललाई सम्मान पत्र र नगद सहित सम्मान गरि बिदाई गरेका छन् । कंडेलको ह्याट्रिककै कारण नेपाल बिश्वकप क्वालिफायरका लागि युएईलाई पराजित गरि छनौट भएपछि कंडेल चर्चामा आएका खेलाडी हुन । उनी सहभागि विराटनगर टिम दोस्रो सेमिफाइनलमा बारा संग एक रनले पराजित भएपछि घर फर्केको हो ।

