एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ : रौनियार समुदायको सामुदायिक संस्था नेपाल रौनियार महासंघका केन्द्रिय अध्यक्ष समाजसेवी शिवनाथ प्रसाद साह रौनियारकी धर्मपत्नी जानकी देवीको निधन भएको १३ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
रौनियार सेवा जनकपुरधामको धर्मशालामा आयोजित श्रद्धाञ्जलीसभामा रौनियारकी धर्मपत्नी स्व.जानकी देवी प्रति समुदायका व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा नेपाल रौनियार महासंघका केन्द्रिय उपाध्यक्ष राजकिशोर साह रौनियार र रौनियार युवा मञ्चका महासचिव पंकज साह रौनियार, श्रवण साह रौनियार सहितका अगुवाहरुले पत्नी शोकमा रहेका अध्यक्ष रौनियारलाई समवेदना पत्र प्रदान गर्दै दोसल्ला ओढाएर शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सो अवसरमा रौनियार सेवा समिति जनकपुरधामका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरु, नेपाली कांग्रेसका नेताहरु सहित जनकपुरधामका अगुवाहरुको उपस्थिती थियो । बयोबृद्व एवं नेपाल भारतका रौनियार समुदायको अभिभावक अध्यक्ष रौनियारको धर्मपत्नी जानकी देवीको ८५ वर्षको उमेरमा गत चैत ८ गते बुधवार निधन भएको थियो ।
स्व. जानकी देवी रौनियार सेवा समिति जनकपुरधामका उपाध्यक्ष प्रमोद गुप्ता र गुप्ता स्टोरका सञ्चालक दिलिप कुमार गुप्ताकी आमा हुन भने रौनियार युवा मञ्चका सदस्य युवा व्यवसायी रोहन गुप्ताकी हजुर आमा हुन ।